दफा १७३
बाल विवाह गर्न नहुने

(१) विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) विपरीत भएको विवाह स्वतः बदर हुनेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।